Section 45
वन विकास कोषको स्थापना
(१) नेपाल सरकारले यस ऐनको उद्देश्य कार्यान्वयन गर्न वनको संरक्षण र संवर्द्धन गर्न एवं अन्य प्रवर्द्धनात्मक कार्यको लागि एक वन विकास कोषको स्थापना गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरु रहनेछन्‌:-

(क) नेपाल सरकार प्रदेश सरकार र स्थानीय तहबाट प्राप्त रकम

(ख) कुनै व्यक्ति वा संस्थाबाट प्राप्त रकम,

(ग) बिदेशी सरकार, अन्तर्राष्ट्रिय संघ, संस्था वा व्यक्तिबाट सहयोग वा क्रण स्वरुप प्राप्त रकम,

(घ) _ बनक्षेत्रको वन पैदावार बिक्रीबाट प्राप्त रकम, वातावरण सेवाबाट प्राप्त रकम र वनक्षेत्र अन्य प्रयोजनको लागि दिए बापत प्राप्त रकम।

(३) उपदफा (२) को खण्ड (ग) बमोजिम कुनै रकम प्राप्त गर्दा नेपाल सरकार,

अर्थ मन्त्रालयको पूर्व स्वीकृति लिनु पर्नेछ।

(४) वन विकास कोषको रकम कुनै "क" वर्गको वाणिज्य बैङ्कमा खाता खोली जम्मा गरिनेछ।

(५) उपदफा (१) बमोजिमको कोषको लेखा परीक्षण महालेखापरीक्षकबाट हुनेछ।

(६) उपदफा (१) बमोजिमको कोष सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।